काठमाडौं। अविरल वर्षाका कारण बाढी-पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग खुलेको छ।
सडक विभागका अनुसार बिहीबार २ बजेबाट बीपी राजमार्ग सञ्चालनमा आएको हो।
असोज १७ देखि लगातार तीन दिनको अविरल वर्षाका कारण बाढी आउँदा बीपी राजमार्गका १३ ठाउँमा सडक क्षति भएको थियो।
अहिले तल्लो माम्तीमा दुईतर्फी डाइभर्सन निर्माण भइरहेको छ। उक्त डाइभर्सन सकिएपछि शुक्रबार साँझबाटै दुईतर्फी यातायात सञ्चालन हुने सडक विभागका प्रवक्ता प्रभातकुमार झाले बताए।