काठमाडौं। नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ।
गृह मन्त्रालयले शुक्रबार तीन जना डीआईजीहको सरुवा गरेको प्रवक्ता आनन्द काफ्लेले बताए।
मधेस प्रदेशमा गोविन्द थपलिया, सुदूरपश्चिम प्रदेशमा ओमबहादुर राना र प्रवन्ध निर्देशनालयमा विनोद घिमिरेको सरुवा भएको छ।
उमाप्रसाद चतुर्वेदी र डम्बरबहादुर विक एआईजी भएपछि मधेस र सुदूरपश्चिम प्रदेश खाली भएको थियो। थपलिया केन्द्रीय अनुसन्धान ब्युरो र राना काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत् थिए। घिमिरे प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत् थिए।