काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

यो विधेयक राष्ट्रिय सभामा पुस २३ गते दर्ता

८ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। संघीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ।

बैठकको एजेन्डामा ‘राष्ट्रिय विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि विस्तृत दफावार छलफल हुने तय गरिएको छ।

यो विधेयक राष्ट्रिय सभामा पुस २३ गते दर्ता भएको थियो भने फागुन ४ गते यसको सामान्य छलफल सम्पन्न भइसकेको थियो। सोही दिन विधेयक दफावार छलफलका लागि समितिमा पठाइएको थियो।

विधेयकअनुसार, जैविक वा निर्जीव वस्तु, प्रमाण, लिखित दस्तावेज, मालसामान, भौतिक वस्तु वा विद्युतीय सामग्री तथा अनुसन्धान सम्बन्धी सामग्री राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि ल्याइनेछ। वैज्ञानिक पद्धति प्रयोग गरी प्रमाण संकलन गर्न प्रयोगशालाको स्थापना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

यसका अतिरिक्त, विधेयकमा प्रयोगशालाको स्थापना, सञ्चालन र अधिकार, सञ्चालक समिति गठन, परीक्षण प्रक्रिया, कार्यकारी निर्देशक र कर्मचारीको व्यवस्थापन, कोष व्यवस्थापन तथा लेखापरीक्षणसम्बन्धी प्रावधानहरू पनि समावेश गरिएको छ।