२८ आश्विन २०८२
कृष्णबहादुर महरा।
अ+
अ-

काठमाडौँ। पूर्वसभामुख कृष्णबहादुर महरामाथि आज काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ।

भेपमार्फत सुन तस्करीको कसूरमा महराविरुद्ध सोमबार सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र अदालतमा दर्ता गरेको थियो ।

उनीबिरुद्ध ८ करोड ५५ लाख बिगो र ३ वर्ष कैदसजाय माग दाबी गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो।

२०७९ पुस १० मा चिनियाँ नागरिक ली हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरको पूरक अभियोगमा महरालाई मात्र प्रतिवादी कायम गरिएको  ।