काठमाडौं। निकोलस सार्कोजी जेल सजाय पाउने पहिलो पूर्वफ्रान्सेली राष्ट्रपति बनेका छन्। लिबियाका पूर्वतानाशाह मुअम्मर गद्दाफीबाट अवैध चुनावी कोष प्राप्त गर्ने षड्यन्त्र गरेको आरोपमा उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ।
दोस्रो विश्वयुद्धपछि कुनै पनि फ्रान्सेली नेतालाई जेल सजाय सुनाइएको छैन। नाजी सहयोगी फिलिप पेटेनलाई अन्तिमपटक सन् १९४५ मा देशद्रोहको आरोपमा जेल सजाय सुनाइएको थियो।
सार्कोजीले २००७ देखि २०१२ सम्म फ्रान्सको राष्ट्रपतिको रूपमा सेवा गरेका थिए। उनले ला सान्ते जेलमा आफ्नो सजायको अपिल गरेका छन्।
सार्कोजीलाई यस जेलको आइसोलेसन शाखामा राखिएको छ। जेलमा उनको कोठा लगभग ९ वर्ग मिटर (९५ वर्ग फिट) छ।
सार्कोजी यस मुद्दामा आफ्नो निर्दोषिता दाबी गरिरहेका छन्। उनका छोरा लुइसको अपिलपछि, उनलाई समर्थन गर्न जेलबाहिर करिब सयभन्दा बढी शुभेच्छुक भेला भएका छन्। -बीबीसी