काठमाडौँ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको चौथो पूर्ण बैठकबाट १५औँ पञ्चवर्षीय योजना प्रस्ताव पारित भएको छ।
अक्टुबर २० देखि २३ तारिखसम्म पैचिङमा भएको बैठकको केन्द्रीय राजनीतिक ब्युरोले अध्यक्षता गरे पनि केन्द्रीय समितिका महासचिव सी चिनफिङले सम्बोधन गरेका थिए।
महासचिव सीले केन्द्रीय समितिको राजनीतिक ब्युरोमा प्रस्तुत गरेको कार्य-प्रतिवेदनको सुनुवाइ र त्यसबारे छलफल गर्दै सीपीसी केन्द्रीय समितिले राष्ट्रिय आर्थिक र सामाजिक विकासको १५औँ पञ्चवर्षीय योजनाको तर्जुमा गर्ने प्रस्तावलाई पारित गरेको हो।
महासचिव सीले त्यस प्रस्ताव मस्यौदाबारे पूर्ण बैठकसमक्ष व्याख्या गरेका थिए।