९ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा थपिन लागेका चार मन्त्रीको शपथ आज दिउँसो साढे २ बजे हुने भएको छ।

दिउँसो २ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नव नियुक्त मन्त्रीहरूलाई शपथ गराउने तयारी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले साढे २ बजेका लागि शपथको समय निर्धारण भएको जानकारी दिए।

प्रधानमन्त्री कार्कीले आइतबार खगेन्द्र सुनार, डा.सुधा शर्मा गौतम, बब्लु गुप्ता र गणपतिलाल श्रेष्ठलाई मन्त्री बनाउन लागेकी छन्।

सुनारलाई श्रम तथा रोजगार, गौतमलाई स्वास्थ्य तथा जनसंख्या र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

गणपतिलाललाई यसअघि पर्यटन मन्त्रालय बनाउने तयारी गरिएको थियो । अन्तिम समयमा उनको मन्त्रालय हेरफेर भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो।