९ कार्तिक २०८२
अ+
अ-

कैलाली। आफ्नै श्रीमानको हत्या गरेको आरोपमा कैलालीमा श्रीमती पक्राउ परेकी छिन्।

५० वर्षीय लखनलाल कठरियाको हत्या गरेको आरोपमा प्रहरीले जोशीपुर गाउँपालिका-३ लक्कड बस्ने ३५ वर्षीया सुनिता देवी कठरियालाई शनिबार राति पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरीले सुनिता देवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घरायसी विवादको क्रममा सुनिताले कुटपिट गर्दा लखनलाल घाइते भएका थिए।

प्रहरीका अनुसार उनको टीकापुर अस्पतालमा मृत्यु भएको हो। सुनिता देवीलाई हिरासतमा राखेर प्रहरीले कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालेको छ।