काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

गणपतिको गुनासो

९ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। सम्पदाकर्मी गणपतिलाल श्रेष्ठले आफूलाई आएको मन्त्री पदको प्रस्ताव अस्वीकार गरेका छन्। भूमिसुधारमन्त्रीमा प्रस्तावित श्रेष्ठले प्रस्ताव अस्वीकार गरे। आफूलाई सुरुमा पर्यटनमन्त्री बनाउने भनिए पनि पछि फेरबदल गरिएको उनको गुनासो छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै उनले आफूलाई पर्यटन मन्त्रालयको योजना बनाउन लगाएर अन्तिममा भूमि व्यवस्थामन्त्री बन्न भनिएपछि अस्वीकार गरेको स्पष्ट पारेका छन्।

आफूले प्रधानमन्त्रीसँग भेट्दा पर्यटनमन्त्रीमा अर्कैलाई वचन दिइसकेको भन्दै अर्कैतिर हेरेपछि आफूले मन्त्री बन्न अस्वीकार गरेको उनले विज्ञप्तिमार्फत जनाएका छन्। ‘मैले हिजो बेलुका मलाई दिनुभएको वचन चै के भनि प्रश्न गर्दा उहाँले कुनै जवाफ नदिईकन अर्कोतिर हेर्नुभयो,’ उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘हाल बनेको सरकार विषय विज्ञताको आधारमा बन्नुपर्ने सर्वसाधारणको माग रहेको र मेरो धारणा पनि त्यही भएकाले म मन्त्री बन्नका लागि मात्रै मन्त्री बन्न अनुच्छिक रहेको पुन: प्रस्ट पारेँ।’

विज्ञप्तिमा उनले गृहमन्त्री ओमप्रकाश अर्यालले फोन गरेर आफूविरुद्ध ठूलो शक्ति लागेको भन्दै प्रधानमन्त्रीलाई भेट्न सुझाएको दाबी गरेका छन्।

‘मलाई कात्तिक ८ गते (हिजो) प्रधानमन्त्रीज्यूको निवास बालुवाटारमा बोलाएपछि गृहमन्त्री र ऊर्जामन्त्रीसमेतको उपस्थितिमा मैले आफ्नो अनुभव तथा योजना सुनाएँ। उहाँले मसँग संवाद गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मा दिन तपाईं सक्षम व्यक्ति रहेकाले भोलि शपथको तयारी गर्नुस् भन्नुभयो । त्यसअनुसार म आज विभिन्न विज्ञहरु तथा जात्रा पर्वमा संलग्न तथा सरोकारवालाहरुसँग छलफल गरिरहेको अवस्थामा बिहान एकाएक सञ्चारमाध्यमबाट आफू भूमि व्यवस्था, सहकारी र गरिबी निवारणमन्त्रीको रुपमा नियुक्त हुन लागेको जानकारी भयो।’

हेर्नुहोस् गणपतिलाल श्रेष्ठले जारी गरेको विज्ञप्ति :