काठमाडौं। आज २०८२ साल कात्तिक १० गते सोमबार। कात्तिक शुक्ल पक्षको पञ्चमी उपरान्त षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २७ तारिख। छठ पर्व। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष: मेष राशिका मानिसमा मन चन्चल हुनसक्छ । पारिवारिक समस्याका कारण घरमा केही आन्तरिक कहल हुनसक्छ । आजको दिन मेषराशि भएका व्यक्तिका लागि मौन रहेर आफ्नो काम सम्पादन गर्नु उत्तम हुनेछ ।
वृष: आफन्तजनसँगको मित्रभावका कारण साथ सहयोग मिल्ने छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । यात्राका लागि पनि आजको दिन उत्तम रहेको छ । तपाईँको समय श्रीबृद्धिका लागि अघि बढ्ने देखिन्छ । छोटो दुरीको यात्राको अवसर प्राप्त हुनसक्छ ।
मिथुन: आज आकस्मिक धनलाभ पनि हुनसक्छ । आजको दिन आफन्त र परिवारजनबाट आर्थिक सहयोग प्राप्त गर्दा तपाईको उन्नती र प्रगतिको ढोका खुल्नसक्छ ।आजको दिन मनमा उत्साह, उमङ्ग थपिने छ ।
कर्कट: आजको दिन बिहान घरबाट बाहिर निस्कदा उत्तर मुख पर्खेर निस्कनु भयो भने दिन सफल हुनेछ । किनकी चन्द्रमा कर्कट राशिमा रहेको छ । दाम्पत्य जीवनमा सुख, समृद्धि र नयाँ वस्त्र खरिद, आजको दिन आभुषण खरिद गर्दा तपाईलाई लाभ मिल्नेछ ।
सिंह: सिंह राशि भएकाका लागि आजको दिन समय अनुकुल नहुनसक्छ । तपाईँको फजुल खर्च, अनावश्यक यात्रा हुनसक्ने सम्भावना छ । स्वास्थ्यमा प्रतिकुल हुनसक्ने भएकाले स्वास्थ्यमा ध्यान दिँदै आजको दिन आफ्नो नियमित कार्यबाहेक अन्य कार्यमा त्यति धेरै ध्यान नदिँदा तपाईँका लागि राम्रो हुनेछ ।
कन्या: यदी व्यापार व्यवसायमा लागेका कन्या राशिका हुनुहुन्छ भने आजको दिन व्यापारबाट लाभ मिन्नेछ । सन्तानबाट सुख, मीठो भोजनप्रतिका लागि निम्तो, स्त्रिबाट साथ सहयोगसमेत मिल्नेछ । आजको दिन रसस्वला नभएकी कुमारी कन्यालाई भोजन र दक्षिण दिनुभयो भने तपाईँको मनमा प्रशन्नता बृद्धि हुनेछ ।
तुला: आकस्मिक मानसम्मान र अवसरको प्राप्ति हुनेछ । तपाईँले गर्दै आएका कामको सम्मान र घर परिवार र इष्टमित्रबाट साथ सहयोग हुनेछ। यदी सरकारी अधिकारी हुनुहुन्छ भने आज तपाईँले गरेको कामको उपल्लो तहका अधिकारीबाट सम्मानका शब्दहरु प्राप्त हुनसक्छन् ।
वृश्चिक: लामो दूरीको यात्राको लागि प्रस्ताव आउनसक्छ । धार्मिक यात्राको लागि समेत जान उत्तम हुनेछ । चन्द्रमाका कारण तपाईँको कार्यसिद्धि हुनेछ । नयाँ अवसरको प्रस्ताव आउनसक्नेछ । यदी तपाईँ यात्रामा रमाउनुहुन्छ भने आजको दिन वृश्चिक राशि भएकाका लागि दिन उत्तम छ ।
धनु: धनु राशि भएका व्यक्तिका लागि आजको दिन त्यति उत्तम मान्न सकिदैन । मनमा अनेक सोच, स्वास्थ्यमा समेत कष्ट आउन सक्छ । आकस्मिक नयाँ समस्या आउन सक्छ । मनमा भय, त्रास आउनसक्ने हुनाले आजको दिन नियमित बाहेक नयाँ काम, यात्रा र आफन्तजनसँगको भेटलाई यति उत्तम मान्न सकिदैन ।
मकर: दाम्पत्य जीवनमा हर्ष छाउने छ । व्यापार व्यबसायबाट अर्थलाभ, यात्राको लागि पनि अवसर र परिवारको साथ सहयोग पाउनु हुनेछ । बाहिरबाट घरमा आउँदा खाली हात घर प्रवेश नगर्नुहोला । परिवारजनका लागि खाने केही सामानहरु लिएर मात्र घर प्रवेश गर्नुभयो भने मकर राशि भएका व्यक्तिमा आजको दिन उमङ्ग छाउने छ ।
कुम्भ: मनमा उल्लाहस रहन सक्छ । आजको दिन आर्थिक नोक्सानी हुने सम्भावना प्रवल छ । तपाईमाथि नकारात्मक सोच राख्ने शत्रुहरुमाथि विजयप्राप्त हुनेछ । आजको दिन तपाईले सोच अनुसारको काम हुनसक्छ । तर, आफूले गरेको काम गुप्त राख्नु फाइदाजनक हुनेछ ।
मीन: आजको दिन मीन राशि भएका व्यक्तिको लागि नयाँ अवसरको कार्य थालनी शुभ मानिन्छ । रचनात्मक काम, कलाकारितातर्फ मन बहकिन सक्छ । सन्तान र परिवारबाट साथ सहयोग हुनेछ । आजको दिन मित्रमण्डलीसँगको भेट रचनात्मक हुनेछ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ ।