जाकार्ता। इन्डोनेसियाको पूर्वी कालिमान्टन प्रान्तमा १४ जना माझी बोकेको डुंगा डुब्दा ६ जना बेपत्ता भएका छन्। आठजनाको भने उद्धार गरिएको छ।
‘केएम मिना मारिटिम-१४८’ डुंगा आइतबार प्रतिकूल मौसमको कारण तालिसायन, बेरौ रिजन्सीको पानीमा डुबेको बताइएको छ। सरकारी समाचार एजेन्सीले खोजी तथा उद्धार कार्यालय प्रमुख डोडी सेतियावानलाई उदृत गर्दै घटनाको पुष्टि गरेको छ।
संयुक्त उद्धार टोलीले अझै पनि बेपत्ताको खोजी जारी राखेको जनाएको छ।
करिब १७ हजारभन्दा बढी टापु भएको द्वीपसमूहको देश इन्डोनेसियामा डुंगा यातायातको प्रचलित माध्यम हो यद्यपि विभिन्न कारणले समुद्री दुर्घटनाहरू पटक-पटक हुने गरेको छ।