१२ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल आज(बुधबार) हुने भएको छ।

सिक्किमको पाल्जोर रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ।

यसअघि खेल बिहीबार हुने तय भएको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार बुधबार हुने खेल अनौपचारिक रहने छ।

यी दुई टिमले गत सोमबार फिफा विन्डो अन्तर्गत भारतकै सिलोङमा भिडन्त गरेको थियो। सावित्रा भण्डारी ‘साम्बा’ को दुई गोलको सहयोगमा नेपालले सो खेलमा भारतलाई २–१ ले स्तब्ध बनाएको थियो।

नेपालकी कप्तान सावित्रा भण्डारीसहित एन्जिला तुम्बापो सुब्बा र प्रिती राईले यो खेल गुमाउने भएका छन्।  सावित्रा भण्डारी र एन्जिला तुम्बापो सुब्बा आफ्नो व्यवसायीक फुटबल खेल्न क्लबमा फर्किएका हुन् भने प्रिती झापा गोल्ड कपका लागि झापा आएकी हुन्।