काठमाडौँ। स्थानीयको अवरोधका कारण विगत चार दिनदेखि बन्चरेडाँडा ल्यान्डफिल साइटमा जान नसकेका फोहर बोकेका गाडीहरू सहमति जुटेसँगै जान थालेका छन्।
सहरी विकासमन्त्री कुलमान घिसिङले आज बन्चरेडाँडा ल्यान्डफिल साइटमा पुगी स्थानीयसँग यसअघि भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता गरेसँगै फोहोरका गाडी जान सुरु गरेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ।
स्थानीय सरकारले पटक पटक गरेका सहमति कार्यान्वयन नगरेको भन्दै दबाब दिने उद्देश्यले फोहोर फाल्न अवरोध गरेका थिए। चार दिनसम्म फोहोर फाल्न अवरोध हुँदा काठमाडौँका अधिकांश घरगल्लीमा फोहोरको थुप्रो लागेको छ।