काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

१७ कार्तिक २०८२
फाइल तस्बिर। रोयटर्स
अ+
अ-

काठमाडौँ। उत्तरी अफगानिस्तानमा आएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार अफगानिस्तानको मजार–ए–सरिफ सहर नजिकै २८ किलोमिटर गहिराइमा भूकम्पको केन्द्रबिन्दु रहेको छ।

अफगानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानले भूकम्पका कारण बल्ख र समंगान प्रान्तमा ३२० जना घाइते भएको बताएका छन्। प्रभावित क्षेत्रबाट करिब ४२० किलोमिटर टाढाको राजधानी काबुलमा पनि कम्पन महसुस गरेको बताइएको छ।

कमजोर सञ्चार सञ्जाल र पूर्वाधारले उद्धार प्रक्रियामा बाधा पुर्‍याएकाले अधिकारीहरूलाई प्रभावित क्षेत्रमा पुग्न असहज भएको छ।

यसअघि गत अगस्टमा अफगानिस्तानको पूर्वमा ६ म्याग्निच्युडको भूकम्पले २२ सयभन्दा बढीको ज्यान लिएको थियो। सन् २०२३ मा इरानी सीमा नजिकैको पश्चिमी हेरात र सन् २०२२ मा पूर्वी नंगरहार प्रान्तमा ठूलो भूकम्पले सयौँको ज्यान लिनुका साथै हजारौँ घर ध्वस्त भएका थिए।