काठमाडौँ। ललितपुर महानगरपालिका २४‚ धापाखेलमा एक भारतीयको हत्या भएको छ।
निर्माण क्षेत्रमा काम गर्ने ४५ वर्षीय इन्द्रदेव कुमारको हत्या गरेको अवस्थामा बुधबार शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
“हातखुट्टा बाँधेर पुरेको अवस्थामा शव फेला परेको छ। शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ,” ललितपुर प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले भने।
इन्द्रदेवको टाउकोमा चोट छ। उनी हात्तीवनमा बस्थे। “घर निर्माणका लागि काम गर्न धापाखेल आएको बुझिएको छ,” बोगटीले भने। उनका अनुसार घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको छ।