१९ कार्तिक २०८२
सबै तस्बिर : अमरेन्द्रकुमार यादव/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

सिरहा। सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक पूर्णिमाका अवसरमा आज (बुधबार) बिहानैदेखि भक्तजनको भिड लाग्यो।

धार्मिक मान्यताअनुसार कमला नदीमा स्नान गर्दा ‘भूत-प्रेत’ हट्ने जनविश्वास छ। यही विश्वासका कारण विभिन्न जिल्लाका श्रद्धालु नदीमा स्नानका लागि पुगेका हुन्। नदी क्षेत्रको इनर्वा, ब्यारेज, कमला पुल, सिक्रौन, चतरी, बेलहा, बडेर्वा, पटेर्वा, बसबिट्टा र सीमावर्ती भारतको जयनगरसम्म बिहानैदेखि भक्तजनको भिड लागेको छ ।

प्रत्येक वर्षजस्तै यस वर्ष पनि उदयपुर, सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट तथा भारतको बिहारसम्मका श्रद्धालु कमला स्नानका लागि आए। स्थानीय निकायहरूले मेलाले धार्मिक एकता, सामाजिक सद्भाव र पर्यटन प्रवर्धनमा सहयोग पुर्‍याएको जनाएका छन्।
हेर्नुहोस् थप तस्बिर :