२० कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

बझाङ। बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ।

थालारा गाउँपालिका-२ काँडास्थित भित्री सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१-००२ त ५७२४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेमा थलारा-२ का ६० वर्षीय पमले खाती र ६२ वर्षीय जसे खातीको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा थलारा–२ कफलकाँडाका स्थानीय कौमले खाती र जसे खातीको मृत्यु भएको छ भने चालक खुशीराम चौधरी गम्भीर घाइते भएका छन्। ट्याक्टर सडकभन्दा झण्डै एक किलोमिटर तल खसेको प्रहरीले जनाएको छ।