काठमाडौँ। नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घ (यूएन) दिवस वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ।
प्रधानसेनापति अशोकराज सिग्देल सहभागी भएको कार्यक्रममा रक्षा-सचिव, बलाधिकृतलगायत सबै सुरक्षा निकायका प्रमुख तथा परराष्ट्र मन्त्रालयका पदाधिकारी, मित्रराष्ट्रका सैनिक सहचारी, सञ्चारकर्मीलगायत सेनाका अधिकृतलगायतको उपस्थिति थियो।
संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा १९७४ देखि सेनाको टोली जान थालेको हो। प्रहरीको टोली सन् १९९२ र एपीएफको टोली २००२ देखि गएको हो।
हेर्नुहोस् थप तस्बिर :

