काठमाडौं। हङकङ इन्टरनेसनल सिक्सेस-२०२५ अन्तर्गत नेपालले आज पहिलो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ।
प्रतियोगिता हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा शुक्रबार बिहान पौने ९ बजेबाट सुरु हुनेछ।
शरद भेषावकरको कप्तानीमा रहेको नेपाली टोलीमा सन्दीप जोरा, लोकेश बम, बशिर अहमद, आदिल आलम, रशिद खान र रुपेश सिंह छन्।
नेपाल समूह ‘ए’ मा रहेको छ जसमा अफगानिस्तान र दक्षिण अफ्रिका पनि छन्। त्यस्तै, समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्यान्ड र यूएई छन्। समूह ‘सी’ मा भारत, कुवेत र पाकिस्तान छन्। समूह ‘डी’ मा आयोजक हङकङसँगै बंगलादेश र श्रीलंका रहेका छन्।
प्रतियोगिताअन्तर्गत आज १० वटा खेल हुनेछ। नेपालले भने आज एक मात्र खेल अफगानिस्तानविरुद्ध खेल्नेछ। नेपालले अन्य खेलहरू शनिबार दक्षिण अफ्रिका, हङकङ र कुवेतसँग तथा आइतबार यूएईविरुद्ध खेल्ने तालिका रहेको छ।
प्रतियोगितामा नेपालसहित विभिन्न १२ राष्ट्रको सहभगिता रहने छ।