काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका मातृभूमि जागरण अभियानका संयोजक भीमबहादुर रावलले केपी ओलीकै कारण कम्युनिस्ट पार्टी पटक-पटक विभाजन भएको बताएका छन्।
काठमाडौंमा बुधबार आयोजित पार्टी समायोजन कार्यक्रममा रावलले ओलीकै कारण कम्युनिस्ट पार्टी पटक-पटक विभाजन भएको भन्दै अब ओलीले कम्युनिस्ट पार्टीलाई अघि बढाउन नसक्ने दाबी गरे। रावलले एमालेमा रहेका नेताहरुलाई नेपाली कम्युनिस्ट पार्टीमा आउन आह्वानसमेत गरे। रावलले एकजनाको अहंकार, सत्ता स्वार्थ, विरोधीको साथमा सत्तालिप्सामा लागेर नेकपा ध्वस्त भएको बताए।
उनले पार्टीको महाधिवेशनमा आफू मात्रै बोल्ने र समाप्त गर्ने ओलीको अभिव्यक्ति लोकतन्त्रविरोधी रहेको आरोप लगाए। रावलले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली लगायतलाई ओलीले पार्टीबाट निकाल्न खोजेको दाबी गरे।
आफ्नै पार्टीका नेताहरुलाई निकाल्न खोज्न व्यक्तिले घर फर्क भन्दै आह्वान गर्नु फटाहा कुरा भएको उनले बताए। रावलले कम्युनिस्ट पार्टीका नाममा कार्यकता, नेता र देशलाई दिगभ्रमित गर्नेबाट जोगाउन बलियो कम्युनिस्ट पार्टी आवश्यक रहेको उल्लेख गरे।