जनकपुरधाम। धनुषामा प्रहरीले नै गोली हानी वडाध्यक्षको हत्या गरेको छ । मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष बिन्देश्वर यादवको हत्या गरिएको हो।
गाउँमा श्राद्धको भोजको क्रममा वादविवाद भइ झगडा हुँदा छोडाउन गएका वडाध्यक्षको हत्या गरिएको स्थानीयले बताएका छन्। हत्या गर्ने प्रहरी पनि सोही गाउँका रहेको स्थानीयले बताए।
यता धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले घटना सम्बन्धमा आफू कहाँ पूर्ण विवरण नआएको बताए।