काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

३० कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। गभर्नर विश्वनाथ पौडेलले अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेका छन्।

अर्थ मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा गभर्नर पौडेलले वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

गभर्नर पौडेलले प्रतिवेदनमा आव ०८१/८२ को आर्थिक स्थिति, राष्ट्र बैंकले सम्पादन गरेका कार्य र आगामी आवका लागि मौद्रिक तथा वित्तीय नीतिहरूको दिशाबारे विस्तृत जानकारी समावेश गरिएको बताए।

राष्ट्र बैंकले वार्षिक रुपमा अर्थ मन्त्रालयले प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। वार्षिक प्रतिवेदनमा केन्द्रीय बैंकको वित्तीय विवरणसमेत समावेश हुन्छ। त्यसअवसरमा अर्थसचिव घनश्याम उपाध्यायलगायतको उपस्थिति थियो।