काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२ मंसिर २०८२
अ+
अ-

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेर २ लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले घटेको छ । यससँगै सोमबार चाँदीको मूल्य तोलामा ३ हजार ९० रुपैयाँ कायम भएको छ।