काठमाडौँ
००:००:००
४ पुष २०८२, शुक्रबार

२ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध अहिले ब्याटिङ गरिरहेको छ।

र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्। चितवन राइनोजको ‘प्लेइङ–११’ मा कप्तान मल्लसहित रिजन ढकाल, देव खनाल, अर्जुन साउद, दीपक बोहरा, विपिन आचार्य, कमलसिंह ऐरी, डेविड मलान, रबी बोपारा, सइफ जइब र सोहेल तन्विर रहेका छन्।

त्यसैगरी कर्णाली याक्सको कप्तानी सोमपाल कामीले गरिरहेका छन्। कर्णालीका अन्य खेलाडीमा पवन सर्राफ, नन्दन यादव, युनिस ठकुरी, युवराज खत्री, मार्क वाट, म्याक्स ओडाउड, अर्जुन घर्ती, गुल्सनकुमार झा, नजिबुल्लाह जद्रान र प्रियाङ्क पाञ्चल छन्।

सोमबार उद्घाटन खेलमा काठमान्डु गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो।