किएभ। पश्चिमी युक्रेनको टेर्नोपिलमा भएको रूसी आक्रमणमा नौजनाको मृत्यु भएको छ। जहाँ दर्जनौँ घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन्।
“टेर्नोपिलको आवासीय भवनहरूमा प्रहार हुँदा दर्जनौँ मानिस घाइते हुनुका साथै उनीहरुको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत जनाएका छन्।
उनले आक्रमणको पुष्टि हुने गरी धुवाँले घेरिएका क्षतिग्रस्त भवनहरूको फोटो तथा भिडियो प्रकाशित गरेका थिए। “मानिसहरू भग्नावशेषमुनि फसेका हुन सक्नेसमेत उनले उल्लेख गरेका थिए।
मस्कोले पछिल्लो समयमा युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै दैनिक ड्रोन र मिसाइल ब्यारेजहरूले तीव्र आक्रमण गरिरहेको छ।
पछिल्लो आक्रमणको लहरमा रूसले ४७० भन्दा बढी स्ट्राइक ड्रोन र विभिन्न प्रकारका ४८ वटा मिसाइल प्रक्षेपण गरेको जेलेन्स्कीले बताएका छन्। आक्रमणले उत्तरपूर्वी क्षेत्र खार्किब र पश्चिमी क्षेत्र इभानो–फ्रान्किभस्कमा मानिसहरूलाई घाइते बनाएको स्थानीय अधिकारीहरूले बताएका छन्।