काठमाडौँ। सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन अध्यादेश) जारी गर्न राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ।
२ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकका २५ वटा निर्णय सरकारले आज (बुधबार) सार्वजनिक गरेको हो। साथै सरकारले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब ५ मिलियन अमेरिकी डलर र स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने करिब २.१ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार गर्ने पनि निर्णय गरेको छ।
हेर्नुहोस् सरकारले गरेका निर्णय :
