विश्वका ठूला आकारका ३३ सहरमध्ये १९ वटा एसियामा

३ मंसिर २०८२
काठमाडौँ उपत्यका। तस्बिर : बिक्रम राई
अ+
अ-

काठमाडौँ। संयुक्त राष्ट्रसंघले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वको ८.२ अर्ब जनसंख्यामध्ये करिब आधा मानिस अहिले सहरमा बसोबास गर्छन्। ‘विश्व सहरीकरण प्रतिवेदन सन् २०२५’ ले विश्व सात दशकयता लगातार सहरी बन्दै गएको उल्लेख गरेको छ।

सन् १९५० मा विश्वको जम्मा २० प्रतिशत जनसंख्या मात्र सहरमा बस्ने गरेकामा अहिले यो दर बढेर ४५ प्रतिशत पुगेको छ। सन् १९७५ मा १० लाखभन्दा धेरै जनसंख्या भएका ठूलो आकारका सहरहरू आठवटा मात्र थिए। सन् २०२५ सम्म आइपुग्दा ती संख्या बढेर ३३ पुगेका छन्, जसमा १९ वटा एसियामा पर्दछन्।

प्रतिवेदनले इन्डोनेसियाको जाकार्तालाई विश्वकै सबैभन्दा धेरै बस्ती भएको सहर बताएको छ। त्यहाँ करिब ४२ लाखभन्दा बढी मानिस बसोबास गर्छन्। सन् २०५० सम्म यस्ता ठूलो आकारका सहरको संख्या ३७ पुग्ने अनुमान गरिएको छ।

यद्यपि, प्रतिवेदनका अनुसार ठूलो सहरभन्दा साना र मध्यम आकारका सहरहरूमा धेरै मानिस बसोबास गर्छन् र ती सहरहरू अझ छिटो गतिमा बढिरहेका छन्। अध्ययनमा समावेश १२ हजार सहरमध्ये ९६ प्रतिशतमा १० लाखभन्दा कम जनसंख्या छ, र ८१ प्रतिशतमा २.५ लाखभन्दा कम जनसंख्या रहेको पाइएको छ।