काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१३ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)को १७ वर्षमुनिका महिला यु-१७ प्रतियोगितामा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाली समयअनुसार खेल अपराह्न ६ बजे सुरु हुनेछ। डबल राउन्ड रोबिन लिगमा भारत १२ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपाल ३ अंकसहित तेस्रो स्थानमा छ।

घरेलु मैदानमा अहिलेसम्म जित हासिल गर्न नसकेको भुटान चौथो स्थानमा रहेको छ भने बंगलादेश ९ अंकसहित दोस्रो स्थानमा रहेको छ। प्रतियोगितामा कुल चार राष्ट्र सहभागी छन्।

खेल तालिका अनुसार नेपाल भदौ १५ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ। तर, उपाधि विजेताको दौडबाट नेपाल बाहिरिसकेको छ।