काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१३ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) बस्ने प्रतिनिधि सभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन्।

शनिबार चीन भ्रमणमा प्रस्थान गर्नुअघि उनले संसदमा आफ्ना भ्रमण योजनाबारे जानकारी दिने तयारी गरेका हुन्। प्रधानमन्त्री ओलीले चीन भ्रमणपछि भारत भ्रमण गर्ने कार्यक्रम रहेकाले त्यसबारे पनि संसदलाई जानकारी गराउने अनुमान गरिएको छ। साथै, सीमा विवाद र हालको राजनीतिक परिस्थिति सम्बोधनमा समेटिने स्रोतहरूले जनाएका छन्।

यसअघि बिहीबार सिंहदरबारमा प्रमुख सचेतकहरूसँग भएको छलफलमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी दिएका थिए।