४ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले अस्ट्रेलियामा हुने कोस्की १०० अल्ट्रा/ट्रेल कोसियुस्को (यूटीएमबी) मा सहभागी हुने नेपाली अल्ट्रा/ट्रेल धावक दावा तामाङलाई बिहीबार बिदाइ गरेका छन्।

दावा शनिबार अस्ट्रेलिया जाँदै छन्। दौड १२ मंसिरमा हुनेछ। रसुवाको कालिका गाउँपालिका १ का अध्यक्ष दावाको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हुनेछ।

रसुवा जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्षसमेत रहेका दावाले एक सय किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन्।

वर्ल्ड एक्सट्रिम फिस्टेल १०० अल्ट्राका रजत विजेता दावाको अस्ट्रेलिया भ्रमणका लागि एक्सटेप नेपालले प्रायोजन गरेको छ।