काठमाडौं। साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा हरियाली देखिएको छ। आइतबार नेप्से ३९.९२ अंकले बढ्यो। १.५५ प्रतिशतले बढेको नेप्से २६००.२२ विन्दुमा रोकिएको छ।
आज ३३४ कम्पनीको ७६ हजार २८ पटकको कारोबारमा एक करोड ३३ लाख ८१ हजार ९२६ कित्ता सेयर किनबेच भए। जसमा आज ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार ९१६ रुपैयाँबराबरको कारोबार भयो।
म्युचुअल फन्ड समूहको सूचक ०.२३ प्रतिशतले घट्दा बाँकी सबै समूहका सूचकमा हरियाली छायो। आज वाणिज्य बैंक समूहको १.३६ प्रतिशत, विकास बैंक समूहको १.८४ प्रतिशत, फाइनान्स समूहको १.६१ प्रतिशत, होटेल तथा पर्यटन समूहको १.५७ प्रतिशतले सेयर मूल्य बढे।
आइतबार २३७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको घट्यो भने दुई कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ६० लाख ९१ हजार ९२९ रुपैयाँको सेयर कारोबार भएको छ । जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता १९७० रुपैयाँ रह्यो।