काठमाडौँ। कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण २ आसपास केन्द्रविन्दु भएर आज (आइतबार) साँझ ५:१९ बजे ४ म्याग्निच्युडको भूकम्प गएको हो।
यसअघि गत २१ कात्तिकमा अछामको बाबला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो। यस्तै दार्चुलाको गोकुलेश्वर आसपास केन्द्रविन्दु भएर कात्तिक २४ गते ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो।