८ मंसिर २०८२
तस्बिर : विक्रम राई
अ+
अ-

काठमाडौँ। नेपाल प्रहरीका तीनजना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ। गृह मन्त्रालयले सोमबार तीन डीआईजीको सरुवा गरेको हो।

कोसी प्रदेश प्रहरी कार्यालयमा विनोद घिमिरेको सरुवा भएको छ। उनी आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत थिए। कोसी प्रदेशमा कार्यरत ईश्वर कार्की एआईजी बढुवा भएपछि उक्त दरबन्दी खाली भएको थियो।

यस्तै दिलीपसिंह देउवाको प्रदेश समन्वय विभागमा सरुवा भएको छ। उनी अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा कार्यरत थिए।

यसैगरी दीपककुमार बस्नेतको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा भएको छ। उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए।