काठमाडौं। साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पनि सेयर बजार बढेको छ। आइतबार ३९.९२ र सोमबार ५०.४४ अंकले बढेको नेप्से मंगलबार भने ५.३२ अंकले मात्र बढ्यो। ०.२० प्रतिशतले बढेको नेप्से २६५५.९९ विन्दुमा रोकिएको छ।
आज ३१९ कम्पनीको एक लाख दुई हजार ६४२ पटकको कारोबारमा एक करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर किनबेच भए। जसमा आज पाँच अर्ब ८२ करोड ३० लाख २८ हजार ६६३ रुपैयाँबराबरको कारोबार भयो।
आज चारवटा समूहका सूचक घटे भने बाँकी नौवटा समूहका सूचक बढे। मंगलबार १२२ कम्पनीको सेयर मूल्य बढ्दा १२५ कम्पनीको घट्यो। साथै १० कम्पनीका सेयर मूल्य स्थिर रहे।
आज सबैभन्दा धेरै बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको सेयर कारोबार भएको छ। आज यस कम्पनीको २६ करोड ९९ लाख ९७ हजार ६४९ रुपैयाँको सेयर कारोबार भएको छ । जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ७९२ रुपैयाँ रह्यो।
