काठमाडौँ
००:००:००
२ माघ २०८२, शुक्रबार

९ मंसिर २०८२
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई।
अ+
अ-

काठमाडौँ। आगामी २१ फागुनमा हुने तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नेकपा एमालेसहित निर्वाचन आयोगमा अहिलेसम्म ८० दल दर्ता भएका छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगमा हालसम्म दर्ता कायम भएका १३२ दलमध्ये ८० दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको जानकारी दिए।

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि १० मंसिरसम्म दल दर्ता जारी रहने उनले बताए। एमाले र राप्रपा नेपालले मंगलबारै आयोग पुगेर निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको थियो।

निर्वाचन आयोगले निष्पक्ष रुपमा निर्वाचन गर्ने प्रयत्न गरिरहेको भन्दै प्रवक्ता भट्टराईले दलहरुको अधिकतम सहभागीताले निष्पक्ष निर्वाचनलाई थप सुनिश्चित गर्ने वातावरण निर्माण हुने उल्लेख गरे।

त्यस्तै उनले निर्वाचनका लागि बजेट अभाव नहुने बताए। उनले निर्वाचन प्रयोजनका लागि अर्थ मन्त्रालयका तर्फबाट चार अर्ब ९६ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चिता भएको पनि जानकारी दिए।