काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

हरिप्रसाद शर्मालाई वाङ्मय तथा विवश पोखरेललाई प्रतिभा पुरस्कार

१३ भाद्र २०८२
अ+
अ-

काठमाडौं। साहित्यकार भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम सार्वजनिक भएको छ। भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले पुरस्कार पाउनेहरूको नाम अनुमोदन गरेको हो।

जसअनुसार २०८२ सालको भैरव पुरस्कार भारत सिलगुढी निवासी वरिष्ठ हास्य व्यङ्ग्यकार कृष्ण प्रधानलाई प्रदान गरिने भएको छ। यो पुरस्कारको राशि एक लाख ११ हजार एक सय ११ रुपैयाँ रहेको छ। भैरव पुरस्कार पहिलोपटक नेपाल बाहिरका स्रष्टालाई समर्पण गर्न लागिएको हो।

त्यस्तै एक लाख एक हजार एक सय ११ रुपैयाँ राशिको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्र कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने गुठीले जनाएको छ। यसैगरी ५१ हजार एक सय ११ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार विराटनगर मोरङका विवश पोखरेललाई प्रदान गरिने भएको छ।

आउँदो असोज ३ गते काठमाडौं गोकर्णेश्वर—५ स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी पुरस्कारहरू वितरण गरिनेछ।