काठमाडौँ
००:००:००
२८ मंसिर २०८२, आईतवार

१२ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। पोर्चुगलले फिफा यु–१७ विश्वकप फुटबलको उपाधि जितेको छ।

बिहीबार कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न फाइनलमा पोर्चुगलले अस्ट्रियाविरुद्ध १–० को कठिन जित दर्ता गर्‍यो।

फरवार्ड एनेसियो काब्रालले ३२औँ मिनेटमा गरेको एक मात्र गोल पोर्चुगललाई च्याम्पियन बनाउन निर्णायक बन्यो। पोर्चुगलले पहिलोपटक फिफा यू– १७ विश्वकप जितेको हो।

फरवार्ड एनेसियो काब्रालले खेलको ३२ औँ मिनेटमा गरेको एक मात्र गोल पोर्चुगललाई च्याम्पियन बनाउन निर्णायक बन्यो। तेस्रो स्थानका लागि भएको खेलमा इटालीले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्‍यो।

पोर्चुगलले ब्राजिललाई र अस्ट्रियाले इटालीलाई हराएर फाइनलमा स्थान बनाएका थिए।

यस प्रतियोगितामा कुल ४८ राष्ट्रको सहभागिता रहेको थियो।