काठमाडौँ। बाराबाट लागुऔषध कोकिनसहित एक जना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण बिहार नायक टोलका ३५ वर्षीय लालबाबु साह रहेका छन्।
साहलाई बिहीबार दिउसो इलाका प्रहरी कार्यालय छतवाको टोलीले विश्रामपुर गाउँपालिका-१ खेखरियाबाट पक्राउ गरेको हो। बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार साह बीआर०५एभी ३५३२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल आइरहेका थिए।
साहले मोटरसाइकलको पछाडि दुध बोक्न बनाइएको फलामको साँचोमुनि जुटको बोरामा लुकाएर ल्याएको २१ ग्राम ६५० मिलिग्राम कोकिन बरामद भएको कुँवरले बताए।