काठमाडौँ
००:००:००
२ पुष २०८२, बुधबार

१४ मंसिर २०८२
तस्बिर सौजन्य : सामाजिक सञ्जाल
अ+
अ-

महेन्द्रनगर। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को एघारौँ महाधिवेशनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट भएका छन्।

निर्वाचन क्षेत्र नं २ मा सर्वसम्मत प्रतिनिधि चयन भए पनि निर्वाचन क्षेत्र नं १ र ३ मा भने शनिबार निर्वाचन भयो। क्षेत्र नं १ बाट खुला सदस्यतर्फ ४९८ मतसहित पल्लबराज भट्ट र ६३९ मतसहित वीरबहादुर थापा निर्वाचित भए।

यसैगरी महिलातर्फ कमला चौधरी ५१७ मत र कल्पना गिरी ५१४ मतसहित निर्वाचित भए। साथै, युवातर्फबाट काशीराम बोहरा ५२१ मतसहित महाधिवेशन प्रतिनिधिका लागि छनोट भए।

त्यसैगरी निर्वाचन क्षेत्र–२ मा पाँच जना सर्वसम्मत भए। खुला सदस्यमा रणबहादुर महरा र वचनबहादुर सिंह सर्वसम्मत चयन भए। महिलातर्फ लक्ष्मी बुढा र पार्वती जोशी सर्वसम्मत चयन भएभने युवातर्फबाट पनि प्रवीण बोगटी चयन भएभने दलिततर्फ आरपी सार्की तथा युवातर्फ ओम बस्नेत निर्वाचित भए।