काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१६ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला ३०० रुपैयाँले  घटेर २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ५३ हजार ६०० रुपैयाँ रहेको थियो।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ३ हजार ३४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।