नारायणगोपाल विशेष
कार्यक्रममा नारायणगोपाल र दर्शक/श्रोताहरूबीच गीत फर्माइसको कुरामा करिब १० मिनेट चर्काचर्कीसमेत परेको थियो।
‘नारायणगोपाल एकदम घमन्डी गायक हो। ऊसित बोल्न पनि डराई डराई बोल्नुपर्छ, दोहोरो जवाफ फर्काउनु हुँदैन।’
नारायणगोपाललाई भेट्नुअघि मैले उहाँबारे यस्ता अनेक कुरा सुनेको थिएँ। उहाँसँग पहिलो भेट २०३४ सालको आधुनिक गीत प्रतियोगितामा भएको थियो। रेडियो नेपालमा हरेक वर्ष २० चैतमा वार्षिक उत्सवको उपलक्ष्यमा प्रतियोगिता आयोजना हुने गर्थ्यो।
मलाई कार्यक्रम शाखाका तर्फबाट आधुनिक गीत प्रतियोगिताको संयोजकको जिम्मेवारी दिइएको थियो। मेरो भागमा निर्णायकहरूदेखि कार्यक्रमका अन्य व्यवस्थापनको जिम्मा परेको थियो।
दुई दिनको खोजीपछि बल्लतल्ल सम्पर्कमा आए नारायण दाइ। नयाँ सडकको इन्द्रेणी रेस्टुराँमा हाम्रो मिटिङ हुने टुंगो लाग्यो। साँझ करिब ५ बजेतिर म र पाण्डव इन्द्रेणी रेस्टुराँ पुग्यौँ।
त्यस वर्षको निर्णायकमा रेडियो नेपालबाट संगीतकार नातिकाजी र शिवशंकरको छनोट भइसकेको थियो। तेस्रो निर्णायक नारायणगोपाल नै हुनुपर्छ भन्ने मेरो सोच थियो। तर, त्यो उहाँले ‘रेडियो नेपालमा खुट्टै टेक्दिनँ’ भनेको समय थियो। रेडियो नेपालका निर्देशकसँग केही कुरामा चर्काचर्की परेकोले उहाँले त्यस्तो भन्नुभएको भनेर रेडियोमा व्यापक हल्ला सुनिन्थ्यो। खास कारण के हो थाहा थिएन। रेडियो नेपालमा भने त्यसबारे व्यापक हल्ला चलेको थियो।
त्यस्तो अवस्थामा नारायणगोपाललाई नै निर्णायक बनाउनुपर्छ भन्नु नदुखेको टाउको कपाल बाँधेर दुखाउनुजस्तै थियो। तर, खै किन मेरो मनले उहाँलाई यही प्रतियोगिताको बहानामा रेडियो प्रवेश गराउँछु भन्ने जिद्दी गरिरहेको थियो।
तेस्रो निर्णायकमा नारायण दाइलाई राख्ने प्रस्ताव लिएर म सुरुमा तत्कालीन उपनिर्देशक राममणि रिसालकहाँ पुगेँ। उहाँले पनि त्यही कुरा दोहोर्याउनुभयो, ‘नारायणगोपालको नाम त ठीक हो, तर उहाँले रेडियो नेपालमा खट्टै टेक्दिनँ भन्नुभएको छ रे त!’
मैले धेरै नसोची फ्याट्टै भनेँ, ‘सरले हुन्छ मात्र भन्नुस् न, म नारायणगोपाललाई जसरी पनि रेडियोमा ल्याएरै छोड्छु।’
रिसाल सरले भन्नुभयो, ‘हुन्छ वासुदेवजी। तपाईंको जिम्मा हो, सक्नुहुन्छ भने ल्याउनुस्।’
ठूलै काम गरेजसरी दंग पर्दै म आफ्नो कोठामा फर्किएँ। ‘त्यसबेला नारायणगोपाल आफूलाई मन नपरेको कार्यक्रममा जति पैसा दिए पनि जाँदैन’ भन्ने सुनेकै हो।
आफ्नै निर्णयले बिस्तारै तनाव बढाउन थाल्यो। ‘लौ न, मैले नारायण दाइलाई मनाउन सकिनँ भने त बेइज्जतै हुन्छ’ भन्ने सोच्दै म साथी पाण्डव सुनुवारको कोठामा पुगेँ। पाण्डव र म भएर नारायणगोपाललाई भेट्ने र कार्यक्रमका लागि मनाउने सल्लाह भयो।
दुई दिनको खोजीपछि बल्लतल्ल सम्पर्कमा आए नारायण दाइ। नयाँ सडकको इन्द्रेणी रेस्टुराँमा हाम्रो मिटिङ हुने टुंगो लाग्यो। साँझ करिब ५ बजेतिर म र पाण्डव इन्द्रेणी रेस्टुराँ पुग्यौँ। नारायण दाइ पहिले पुगिसक्नुभएको रहेछ। दाइलाई नमस्ते गरेर हामी एकेकवटा कुर्सी तानेर बस्यौँ। पाण्डवले आफ्नो परिचय दिइसकेपछि मैले नमस्ते गर्दै भनेँ, ‘म वासुदेव मुनाल।’

वासुदेव मुनाल। तस्बिर सौजन्य : मोहित मुनाल
मेरो नाम सुन्नेबित्तिकै दाइ त एकछिन मजाले हाँस्नुभयो, ‘तपाईं त दाजु बासुदेव होइन बाल कार्यक्रमको? भए पनि ठीकै, नभए पनि ठीकै गीत तपाईंले गाउनुभएको हो क्यारे! अनि दाजु भएर पनि नमस्ते गर्ने त? ल आउनुस् हात मिलाउनुस्।’
यति भनेर नारायणदाइले हात अगाडि बढाउनुभयो। उहाँजस्तो कलाकारले त्यति भनेको सुनेपछि मेरो मन गदगद। उहाँसँग हात मिलाउँदा खुसीले छाती चौडा भयो।
नारायण दाइले फेरि भन्नुभयो, ‘तपाईंहरू दुईको जोडीका बारेमा पनि सुनेको छु। थुप्रै गीतहरू मिलेर गाउनुभएको छ हैन?’
पाण्डव र मैले टाउको हल्लाउँदै एक स्वरमा भन्यौँ, ‘हजुर दाइ।’
हाम्रो कुराकानीको सुरुआत त सुखद भयो, तर अन्त्य कस्तो हुने हो भन्ने चिन्ता बाँकी थियो।
बूढाले हाम्रो प्रस्ताव मान्लान् कि अस्वीकार गर्लान् भन्ने बडो तनावमा थिएँ म। माहोल बनेजस्तो भएपछि मैले थोरै हच्किँदै, थोरै आँट बढाउँदै भनेँ, ‘दाइ, हामी त तपाईंलाई निम्तो दिन आएको। यही २० गते रेडियो नेपालमा आधुनिक गीत प्रतियोगिता हुँदै छ। तपाईं त्यसमा निर्णायक बसिदिनुपर्यो भनेर अनुरोध गर्न आएको।’
नारायण दाइलाई रेडियोमा देखेर सबैजना अचम्म मानेर हेरिरहेका थिए। कतिले आएर मलाई कानमा खुसुक्क बधाईसमेत दिए। म ठूलै काम गर्न सफल भएको सोचेर गमक्क।
यो सुनेर अघिसम्म ठट्टा गरिरहेका नारायण दाइको अनुहार गम्भीर बन्यो। एकछिनसम्म त पूरै मौन बसिदिनुभयो। सोचेको सोच्यै झन्डै एक मिनेट बिताइदिनुभयो। पाण्डव र म एकअर्काको आँखामा पल्याकपुलुक हेर्दै शान्त भई बस्यौँ।
लामो सास तानेर मौनता तोड्दै उहाँले भन्नुभयो, ‘हुन्छ, भोलि बिहान एकचोटि सम्झाउनु।’
दाइको जवाफ सुनेर पाण्डव र मैले फेरि एकअर्कालाई हेर्यौँ। यसपटक हाम्रो आँखामा अघिको चिन्ताको ठाउँमा आश्चर्य थियो। म आफैँलाई युद्ध जितेको सिपाहीझैँ महसुस गरिरहेको थिएँ।
भोलिपल्ट बिहानै नारायण दाइलाई फोन गरेँ।
दाइले सोध्नुभयो, ‘कति बजे आउनुपर्ने हो रेडियो नेपाल?’
मैले बताएँ, ‘१०ः३० देखि ४ बजेसम्मको कार्यक्रम हो दाइ।’
‘मलाई ल्याउने र पुर्याउने व्यवस्था चाहिँ गर्नुपर्छ नि!’
दाइको कुरा नसकिँदै भनेँ, ‘दाइलाई लिन म आफैँ आउँछु।’
कार्यक्रमको दिन म ठ्याक्कै १० बजे दाइको घर पुगेँ। दाइलाई लिएर साढे १० तिर रेडियो प्रांगण छिरियो। नारायण दाइलाई रेडियोमा देखेर सबैजना अचम्म मानेर हेरिरहेका थिए। कतिले आएर मलाई कानमा खुसुक्क बधाईसमेत दिए। म ठूलै काम गर्न सफल भएको सोचेर गमक्क।
कार्यक्रम साह्रै राम्रो भयो। गायक-गायिका पनि एक से एक थिए। त्यो वर्ष आधुनिक गीततर्फ प्रथम भएका थिए, राजेश पायल राई।
प्रतियोगिताका क्रममा नारायण दाइसँग भएको चिनाजानीपछि हाम्रो भेटघाट बाक्लिन थाल्यो। दाइ कहिलेकाहीँ बिहानै आफ्नो घरमा बोलाउनुहुन्थ्यो। हामी सँगै बसेर उहाँको घरमा गीतहरू अभ्यास गर्थ्यौं।
त्यस समयमा पेमला भाउजू दार्जिलिङ जानुभएको थियो। त्यसैले दाइले मलाई ‘चिया खान आऊ, यसो रियाज पनि गरौँला’ भनेर बोलाइरहनुहुन्थ्यो।
कहिलेकाहीँ साँझ रेस्टुराँमा सेकुवा खान जान्थ्यौँ। भेटघाट बढ्दै गएपछि बियर र ह्विस्कीको रमरममा राति ९/१० बजेसम्म गफ्फिन थाल्यौँ। म दाइको घर चक्रपथ जाने र दाइ मेरो डेरा मैतीदेवी आउने क्रम बढ्न थाल्यो।
नारायण दाइ एकचोटि मेरा दुई भाइ योगराज र सहदेवसँग बालाजुको पिकनिकमा पनि आउनुभएको थियो। त्यसबेला थाहा पाइयो, दाइलाई खसीको फोक्सो साह्रै मन पर्ने रहेछ। आफैँले फोक्सो फुलाएर मरमसाला राखी पकाउनुभएको थियो पिकनिकमा। ‘भातसँग खान साह्रै गजब हुन्छ, बुझ्यौ?’ खसीको फोक्सो चपाउँदै भन्नुभएको थियो दाइले।
१४ वैशाख मंगलबार। मेरो जेठो छोरा मौसमको जन्मदिन। छोराहरूको जन्मदिनमा यसो सानोतिनो पार्टी गर्थ्यौं हामी। संजोगले त्यो दिन नारायण दाइ रेडियो नेपाल आउनुभएको थियो। सोही मौका छोपी मैले दाइलाई आज बेलुकी मेरो डेरामा गएर रमाइलो गरौँ भनी अनुरोध गरे।
नारायण दाइ त्यसै के मान्थे! जन्मदिनमा अरू थुप्रै मान्छे हुन्छन् भनेर नजाने भन्नुभयो। मैल कर गरेर बल्लतल्ल फकाएँ। दिउँसो ३ बजेको थियो। मैले हत्तपत्त घरमा श्रीमती इन्दिरालाई फोन गरेर नारायण दाइ पनि आउने कुरा सुनाएँ। उनी पनि उत्साहित भइन्। उनले भनिन्, ‘मैले बिहानै मासु ल्याइसकेँ। अरू के के ल्याउनुपर्छ भन्नु है, म ठीक पार्छु।’
नारायण दाइको उपस्थितिले छोरा मौसमको जन्मदिनमा सुनमा सुगन्ध थपेको थियो। रमाइलो गर्दै, गीत गाउँदै गयौँ, एकपछि अर्को गिलास रित्तिँदै गयो।
मैले भनेँ, ‘म माछा लिएर आउँछु। तिमीले दुईचार बोतल बियर ल्याइराख्नू।’
उनले माछा पनि आफैँ किनेर ल्याउने भनेपछि मैले केही लग्नै नपर्ने भयो।
रेडियोबाट बाल कार्यक्रम सकाएर नारायण दाइ, पाण्डव, राम भाइ विजयानन्द र पुतलीसडकमा पान बेच्ने साहुलाई लिएर करिब ६ बजेतिर डिल्लीबजार पुग्यौं।
बियर, माछा, मासु र गफगाफसँगै हाम्रो कार्यक्रम सुरु भयो। त्यहीँ इन्दिराले नारायण दाइलाई एल्बम देखाउँदै भनिन्, ‘दाइ फोटो हेरम् है।’
दाइले ठट्टा गर्दै भन्नुभयो, ‘सबै मान्छे यही अगाडि नै छौँ त। फोटो किन हेर्नुपर्यो?’
मैले माहोल बनाउन बीचैमा बोलेँ, ‘ल फोटोसोटो छोडौँ। दाइ आउनुभएको मौकामा यसो गाना-बजाना गरौं।’
मैले हार्मोनियम ठीक पारेँ। नारायण दाइले इन्दिरातिर हेर्दै सोध्नुभयो, ‘तिमीलाई मेरो कुन गीत मनपर्छ?’
‘हुन त दाइको सबै गीत मन पर्छ। झरेको पात झैँ भयो चाहिँ अत्ति नै मन पर्छ।’
त्यसपछि नारायण दाइको सुमधुर स्वरमा गुन्जियो– ‘झरेको पात झैँ भयो उदास मेरो जिन्दगी’। दाइ आफैँलाई पनि आफ्ना गीतमध्ये ‘झरेको पात’ र ‘आँखा छोपी नरोऊ भनी’ विशेष लाग्दा रहेछन्।
उहाँको स्वर आफ्नै घरभित्र परिवारसँगै बसेर सुन्न पाउनु हाम्रो सौभाग्य थियो। नारायण दाइको उपस्थितिले छोरा मौसमको जन्मदिनमा सुनमा सुगन्ध थपेको थियो। रमाइलो गर्दै, गीत गाउँदै गयौँ, एकपछि अर्को गिलास रित्तिँदै गयो। बियरको बोतल थपिएको थपियै। हाम्रो घरको सांगीतिक माहोलको छनक पाएर छिमेकका तीनचार जनासमेत थपिए। यसरी त्यो दिन साह्रै यादगार रह्यो।

मुनाल परिवारसँग नारायणगोपाल। तस्बिर सौजन्य : मोहित मुनाल
राम भाइ ‘दाइ ठीक छु’ भन्दाभन्दै अलिक बढी मातेछन्। मातिएपछि उनको हात लुलो भई हल्लिन्थ्यो। छरपस्टिएको कपालमा पाण्डव हातमा चुरोट च्यापेर मुडमा टाउको हल्लाइरहेको थियो। म सर्ट खोलेर गन्जी मात्र लाएर चुरोट तान्दै गीतमा मस्त थिएँ। यसैबीच इन्दिराले ‘खिचिक्क’ फोटो खिच्न भ्याइहालिन्।
साढे ७ बजेतिर हामीले खाना खायौँ। त्यसपछि नारायण दाइ मोटरसाइकल चढेर चक्रपथतिर लाग्नुभयो। अरू पनि बिस्तारै छुट्टिए।
मैले नारायणगोपाल र तारादेवीसँग प्रस्ताव राख्ने र अन्य कलाकारहरूको सूची बनाउने बताएँ। त्यसपछि साँझको नास्तातिर लाग्यौँ। सेकुवा, भटमास-चिउरा, राजखानी र बियरसँगै च्यारिटी सोको योजना सुरु भयो।
पार्टीमा आएका छिमेकी व्यापारी हरि केसीले नारायण दाइसँग मेरो सम्बन्ध देखेर नरहरि र मामा भन्ने दुई व्यापारी साथीहरूसँग कुरा गरेका रहेछन्। एकदिन एउटा छलफल गर्नु छ भन्दै हरि मेरो डेरामा आए र मामाको मोटर ग्यारेजमा लिएर गए।
त्यहाँ नरहरि र मामासँग मेरो परिचय भयो। उनीहरूले एउटा प्रस्ताव राखे, ‘ल मुनालजी, तपाईंले एउटा राम्रो च्यारिटी सो गर्ने जिम्मा लिइदिनुपर्यो। तपाईंले मैले भनेजस्तो कलाकारलाई ल्याउन सक्नुहुन्छ भने म जति पैसा खर्च लाग्छ दिन तयार छु।’
त्यो सुनेर मेरो दिमागै चकरायो। त्यसअघि नै मैले बूढानीलकण्ठका विद्यार्थीको अनुरोधमा प्रेमध्वज प्रधान, द्वारिकालाल जोशी, मधु क्षेत्री, लालबहादुर खातीजस्ता कलाकारलाई लिएर सिटी हलमा कार्यक्रम गरिसकेको थिएँ।
जति भन्यो त्यति पैसा खर्च गर्ने मान्छे भयो भने त्योभन्दा राम्रो काम गर्नसक्ने आँट ममा थियो नै। त्यसैले एकछिन सोचेर भनेँ, ‘ल हुन्छ। म सबै व्यवस्था गरुँला। तपाईंहरूलाई कलाकार को को चाहिने हो, त्यो भन्नुस्।’
‘अरू कलाकारहरू आफ्नो हिसाबले मिलाउनुस्, तर नारायणगोपाल र तारादेवी हुनैपर्छ,’ नरहरिजीले भने।
मैले नारायणगोपाल र तारादेवीसँग प्रस्ताव राख्ने र अन्य कलाकारहरूको सूची बनाउने बताएँ। त्यसपछि साँझको नास्तातिर लाग्यौँ। सेकुवा, भटमास-चिउरा, राजखानी र बियरसँगै च्यारिटी सोको योजना सुरु भयो।
भोलिपल्टै नारायण दाइलाई च्यारिटीको कुरा सुनाएँ। उहाँ सुरुमा अनकनाए पनि मैले मनाएरै छोडेँ। नारायण दाइले ती व्यापारीसँग भेट्ने भन्नुभएकाले इन्द्रेणी रेस्टुराँमा नरहरि, मामा र हरिलाई लिएर गएँ। त्यसपछि करिब एक हप्तासम्म हामी चार जनाको मिटिङ चल्यो। अन्ततः दाइले च्यारिटीका लागि आधा घन्टा समय दिने प्रतिबद्धता जनाउनुभयो।
नारायणगोपाललाई राखेर कार्यक्रम आयोजना गर्ने कुरा टुंगो लागेपछि म यति जोसिएँ कि मेरो मुखबाट एक्कासि निस्कियो, ‘नरहरिजी, लु गाडी लिएर आजको रात नगरकोट जाऔँ।’ सबैले हँ मा हो मिलाए।
त्यसपछि इन्द्रेणीबाट हामी सीधै नगरकोट पुग्यौँ। नगरकोटमै कार्यक्रमको नाम फुरायौँ, ‘सम्झनाको रात’। कार्यक्रमको मोटामोटी खाका पनि नगरकोटमै तयार भयो। नगरकोटबाट फर्केपछि लगभग एक महिनाजति कार्यक्रमको व्यवस्थापनका लागि म खुब खटिएँ। यसमा रेडियो नेपालका सहकर्मीहरूले मलाई धेरै कुरामा सहयोग गरे। सम्झनाको रातले मूर्तरूप लियो।
कतिपयले उहाँलाई घमन्डी र सन्काहा भने पनि मेरा लागि उहाँ चिनी, पानी र कागती मिसिएको मीठो सर्बत हुनुहुन्थ्यो।
नेपाल प्रज्ञा-प्रतिष्ठान कमलादीमा आयोजना भएको त्यस कार्यक्रममा पुरुषोत्तम सापकोटा र भैरवलाल जोशीले उद्घोषण गरेका थिए। संगीत संयोजक नातिकाजी र शिवशंकर हुनुहुन्थ्यो। कलाकारहरू नारायणगोपाल, तारादेवी, प्रेमध्वज प्रधान, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सन्तोष खरेल, कुमार बस्नेत, ज्ञानु राणा, लालबहादुर खाती, मधु क्षेत्री, द्वारिकालाल जोशी, तीर्थकुमारी, प्रकाश श्रेष्ठ र म स्वयं थियौँ।

‘सम्झनाको रात’ कार्यक्रममा गीत गाइरहेका नारायणगोपाल। तस्बिर स्रोत : संगीतकार टीका भण्डारीको फेसबुक
यो कार्यक्रम सकिँदा प्रज्ञा-प्रतिष्ठानका सम्भवतः ५० प्रतिशत सिटका डनलप च्यातिएर आयोजकले ६ हजार र झ्यालढोकाका सिसाहरू फुट्दा तीन हजार तिर्नुपरेको थियो।
कार्यक्रममा नारायणगोपाल र दर्शक/श्रोताहरूबीच गीत फर्माइसको कुरामा करिब १० मिनेट चर्काचर्कीसमेत परेको थियो।
स्टेज कार्यक्रममा नातिकाजी र शिवशंकरको संयुक्त संयोजनमा सञ्चालन भएको यो पहिलो तथा अन्तिम कार्यक्रम हो। कार्यक्रमको अन्त्यमा नारायणगोपाललाई प्रहरीले स्कर्ट गरेर घरसम्म पुर्याउनुपरेको थियो। नामअनुसार त्यो कार्यक्रम धेरै लामो समयका लागि नबिर्सने सम्झनाको रात नै भयो।
नारायणगोपाललाई म नारायण दाइ भन्थेँ। उहाँले मलाई वासु मात्र भन्नुहुन्थ्यो। एकपटक परिचय भइसकेपछि उहाँसँगको सम्बन्ध सधैँ मीठो र अविस्मरणीय रह्यो। कतिपयले उहाँलाई घमन्डी र सन्काहा भने पनि मेरा लागि उहाँ चिनी, पानी र कागती मिसिएको मीठो सर्बत हुनुहुन्थ्यो।
– वासुदेव मुनालको डायरीमा रहेको यो अप्रकाशित संस्मरण उनका छोरा मोहित मुनालले उपलब्ध गराएका हुन्।