काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१७ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। अघिल्लो साताभर बढेको सेयर बजार यो साता लगातार चौथो दिन पनि ओरालो लागेको छ। साताको पहिलो कारोबार दिन आइतबार २६.५१ अंकले घटेको नेप्से सोमबार ४.२८ अंकले घट्यो। यस्तै मंगलबार ०.५३ अंकले घटेको नेप्से आज (बुधबार) भने १३.५२ अंकले घटेको छ।
। बुधबार ०.५१ प्रतिशतले घटेको नेप्से २६३१.१७ विन्दुमा अडियो।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ३.०३ अंकले घटेर ४५०.९६ विन्दुमा रोकिएको छ। आज ३३२ कम्पनीको ६७ हजार ४८५ पटकको कारोबारमा एक करोड आठ लाख ७३ हजार ३७२ कित्ता सेयर किनबेच भए। जसमा आज पाँच २३ करोड ५६ लाख ९९ हजार ३३७ रुपैयाँको कारोबार भयो।

जसमा आइतबार सात अर्ब आठ करोड ५४ लाख ४९ हजार ४३३ रुपैयाँबराबरको कारोबार भएकामा सोमबार चार अर्ब ७१ करोड ६३ लाख ८३ हजार ५८० रुपैयाँको कारोबार भएको थियो। यस्तै हिजो (मंगलबार) चार अर्ब ४८ करोड १३ लाख ९४ हजार १४९ रुपैयाँको कारोबार भएको थियो।

नेप्सेमा आज नौवटा समूहको सूचक घट्यो भने बाँकी चारवटा समूहको सूचक मात्र बढे। आज आजको कारोबारमा वित्त समूह १.५९, होटेल तथा पर्यटन ०.५२, उत्पादन तथा प्रशोधन ०.२४ र म्युचुअल फन्ड उपसमूह ०.४४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक राताम्मे बन्यो।

यस्तै बैंकिङ ०.७५, विकास बैंक ०.५७, जलविद्युत् ०.५०, लगानी ०.५१, जीवन बिमा १.१८, लघुवित्त ०.४८, निर्जीवन बिमा ०.७४, व्यापार ०.३२ र अन्य समूह ०.५१ प्रतिशतले घटे। बुधबार ७४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७७ कम्पनीको घट्यो। साथै सात कम्पनीका सेयर मूल्य स्थिर रहे।

आज सबैभन्दा धेरै बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको सेयर कारोबार भएको छ। आज यस कम्पनीको १८ करोड ४९ लाख ७६ हजार ७६९ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ८२५ रुपैयाँ कायम रह्यो। कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको तीन लाख ६४ हजार ४०६ कित्ता किनबेच भएको छ ।

आज सागर डिस्टिलरी लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, झापा इनर्जी लिमिटेड, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडलगायत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सामलिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य २.८५ प्रतिशतले घटेको छ ।