१८ मंसिर २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

बागलुङ। बागलुङमा जिप दुर्घटना हुँदा आठजना घाइते भएका छन्।

बागलुङ नगरपालिका ८‚ सिगाना शेरामा आज (बिहीबार) दिउँसो साढे ४ बजे बरेङबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग.३च ४८३४ नम्बरको जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा चालक सुशान्त जीसीसहित प्रशान्त खड्का, सावित्री भण्डारी, विस्मिता भण्डारी, सपना भण्डारी, निशा भण्डारी, चन्द्र भण्डारी र झुपा भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक कमलजंग थापाले जानकारी दिए।

घाइतेहरुको उपचार धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा भइरहेको छ।