भारतीय ट्रक ब्रेक फेल भएपछि धादिङको धुनिबेँसीमा एकैपटक सातवटा गाडी ठोक्किएका छन्‚ जसमा दुईवटा बसमा रहेका अधिकांश यात्रु घाइते

२० मंसिर २०८२
अ+
अ-

धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी ६‚ चालिसेमा सातवटा गाडी एकै ठाउँमा दुर्घटनामा परेका छन्।

स्कुल बससहित चारवटा बस, दुईवटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेका हुन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका छन्। दुर्घटनापछि सडक अवरुद्ध बनेको छ।

दुर्घटनास्थलमा रहेका पत्रकार आशिष ठकुरीअनुसार दुईवटा बसमा सवार अधिकांश यात्रु घाइते भएका छन्। घाइतेलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्था र काठमाडौँतर्फ पठाइएको र प्रहरीद्वारा दुर्घटनामा परेका सवारीलाई हटाएर बाटो खुलाउने प्रयास भइरहेको छ।