२० मंसिर २०८२
अ+
अ-

जोहानेसबर्ग। दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा बन्दुकधारीहरूले आक्रमण गरी ३ वर्षीय बालकसहित ११ जनाको हत्या गरेका छन्।

आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै त्यहाँका प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएका छन्।

प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा शनिबार आक्रमण हुँदा दशजनाको घटनास्थलमै मृत्यु भएको उल्लेख गर्दै अर्का एकजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताएका छन्।

तीनजना बन्दुकधारी बिहान साढे ४ बजे छात्रवास परिसरमा प्रवेश गरी पुरुषहरूको समूहमा अन्धाधुन्ध गोली हानेको जनाइएको छ।

उनले गोली हानाहानको उद्देश्य पत्ता लगाउन नसकिएको उल्लेख गर्दै अहिले सम्म कसैलाई पनि पक्राउ नगरिएको बताएका छन्।

दक्षिण अफ्रिकाको सबैभन्दा औद्योगिक राष्ट्र दक्षिण अफ्रिका संगठित सञ्जालद्वारा सञ्चालित अपराध र भ्रष्टाचारसँग जुधिरहेको छ।

मुलुकमा धेरै मानिससँग व्यक्तिगत सुरक्षाका लागि इजाजतपत्र प्राप्त हतियारहरू रहेको तर धेरै अवैध बन्दुक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन्। प्रहरीका अनुसार आक्रमणका कारण गत अप्रिलदेखि सेप्टेम्बरसम्म प्रत्येक दिन करिब ६३ जनाको मृत्यु भएको थियो।