काठमाडौँ। काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा यति बेला सुन्तलाको व्यापार सुरु भएको छ।
सुन्तलाको सिजन सुरु भएसँगै देशका विभिन्न जिल्ला गोरखा, तनहुँ, धादिङ बाट ल्याइएका सुन्तला यतिबेला कालिमाटीमा बिक्री वितरण भई रहेको छ।
कालिमाटीमा सुन्तला ग्रेडिङ अनुसार प्रति ढाग (५ केजी) को २ सय ५० रुपैयाँ देखि ४ सय र ५५० मा बिक्री भई रहेको व्यापारी लक्ष्मी खनालले जानकारी दिइन्।
यतिबेला सुन्तला गोरखा, तनहुँ, धादिङ विभिन्न जिल्लाबाट आएको र स्वाद र आकार अनुसार मूल्य निर्धारण गरी बिक्री वितरण भई रहेको उनले बताइन्।