काठमाडौँ
००:००:००
२२ मंसिर २०८२, सोमबार

२२ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेकपा एमालेले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा सहभागी हुननिर्वाचन आयोगमा दल दर्ता गरेको छ।

आयोगको कार्यालय कान्तिपथ पुगेर एमालेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख नीरज आचार्यले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलगायतलाई भेटेर आज (सोमबार) दल दर्ताको निवेदन हस्तान्तरण गरेका हुन्।

आयोगले उक्त प्रणालीतर्फको कार्यक्रम गत शनिबारदेखि सुरु गरेको थियो। यस प्रणालीका लागि दल दर्ताका लागि यही २३ मंसिरको साँझ ४ बजेसम्म यो प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आयोगले आग्रह गरेको छ।