काठमाडौँ। मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक भएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले पत्रकार सम्मेलन गरेर सोमबारको मन्त्रिपरिषद्का निर्णय आज (मंगलबार) सार्वजनिक गरेका हुन्।
यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेश कार्यान्वयन सम्बन्धमा दीपक सुवेदीको अध्यक्षतामा शरद अधिकारी र योगेन्द्रनाथ कर्माचार्य सदस्य रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णय गरिएको प्रवक्ता खरेलले बताए।
साथै सरकारले जेन-जी प्रदर्शन तथा आन्दोलनमा घाइते तथा अपांग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८२ स्वीकृत गर्ने पनि निर्णय गरेको छ।
सरकारले दिवंगत पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। १५ चैत २०८१ मा तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो।
मंसिर २२ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण गर्ने र उखु कृषकलाई अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ कायम गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले नेपाल र मौरिससबीच सम्पन्न दोहोरो करमुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता अन्त्य गर्नेसहितका १८ निर्णय गरेको छ ।
हेर्नुहोस् सरकारले गरेका थप निर्णय :

