काठमाडौं। आज २०८२ साल भदौ १६ गते सोमबार। भाद्र शुक्ल पक्षको नवमी। तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। सुरु गरौँ आजको राशिफलबाट:
मेष: नियमित आय बढ्नेछ। आमा र आफन्तसँग मनमुटाव हुन सक्छ। गलत आश्वासनले समस्या निम्त्याउन सक्छ। सवारी चलाउँदा र टेक्निकल काम गर्दा सतर्क रहनुहोस्। घरजग्गा र यात्रामा घाटाको सम्भावना छ।
वृष: प्रतिस्पर्धी हावी हुनेछन्, काम समयमा सक्न गाह्रो हुनेछ। अध्ययन कमजोर हुने र अरुले फाइदा उठाउन सक्छन्। प्रेम सम्बन्धमा नकारात्मक टीका-टिप्पणीले अविश्वास बढ्न सक्छ। स्रोत-साधन प्रयोग गर्दा सावधानी आवश्यक छ।
मिथुन: समय शुभ छ। नयाँ प्रविधिबाट ज्ञान बढ्नेछ र मनोबल उच्च रहनेछ। अध्ययनमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ। सवारी र सम्पत्ति प्राप्तिको योग पनि छ।
कर्कट: पढाइमा राम्रो नतिजा मिल्नेछ। मन खुशी हुनेछ। व्यवसायमा आम्दानी बढ्ने र लगानीको वातावरण बन्नेछ। प्रेम सम्बन्ध बलियो हुनेछ। आत्मीयसँग रमाइलो समय बित्नेछ। तर, स्वास्थ्यमा ध्यान दिनुहोस्।
सिंह: सबै हिसाबले शुभ समय छ। बौद्धिक कार्यमा सफलता मिल्नेछ। अध्ययन र प्रतिस्पर्धामा अग्रस्थानमा पुगिनेछ। चेतनामूलक कार्यमा सहभागी भइ सम्मान बढ्नेछ। आत्मविश्वास उच्च रहनेछ।
कन्या: काममा सहकर्मीको असहयोगले समस्या आउन सक्छ। घरभित्रका मान्छेबाट नकारात्मक प्रचार हुन सक्छ। पढाइमा समय दिए पनि नतिजा कमजोर आउन सक्छ। व्यापारमा पर्खनुपर्ने परिस्थिति देखिन्छ।
तुला:काम समयमा सकिने र आम्दानी बढ्ने योग छ। व्यापारिक यात्रा रमाइलो हुनेछ। नाफा पनि मिल्नेछ। पढाइमा सन्तोषजनक नतिजा पाउनेछ। प्रेम र पारिवारिक सम्बन्धमा सुधार देखिन्छ।
वृश्चिक: समय मध्यम छ। आश्वासन नदिनु राम्रो हुन्छ। काम बिग्रिएपछि त्यसको असर दीर्घकालीन हुन सक्छ। सवारी र सम्पत्तिको प्रयोगमा सावधानी अपनाउनुहोस्। घरायसी विवाद र चिसो सम्बन्धको सम्भावना छ।
धनु: समय कमजोर छ। सत्रुहरू सक्रिय हुनेछन्। न्यायिक वा कानुनी काममा ध्यान दिनुहोस्। पढाइमा आफैंका कारण पछि पर्न सकिन्छ। प्रेम र पारिवारिक सम्बन्धमा खटपट देखिन्छ।
मकर: समयको सही उपयोग नगर्दा प्रतिष्ठामा असर पर्न सक्छ। वैदेशिक यात्रा र व्यापारको संभावना राम्रो छ। पढाइमा सफल हुन संघर्ष गर्नुपर्नेछ। सल्लाह अनुसार चल्दा केही लाभ मिल्नेछ।
कुम्भ: समय राम्रो छ। कामबाट सिधा लाभ मिल्नेछ। जागिरमा सरुवा वा पदोन्नतिको सम्भावना छ। राजनीति र समाजसेवामा सम्मान पाउने संकेत छ। प्रेम र वैदेशिक काममा सफलता मिल्नेछ।
मीन: पढाइमा सफलता मिल्नेछ र लक्ष्य प्रष्ट देखिनेछ। भौतिक सम्पत्ति र विलासी वस्तु प्रयोगले आकर्षण बढ्नेछ। धन प्राप्ति र आर्थिक कारोबार सफल हुनेछन्। तर यात्रा खास गरी उत्तर दिशाको टार्नु राम्रो हुन्छ।