एजेन्सी। प्रिमियर लिगको नयाँ सिजनमा लिभरपुलले लगातार तेस्रो जित हात पारेको छ।
आइतबार एनफिल्डमा भएको खेलमा डोमिनिक स्जोबोजलाइले ८३औं मिनेटमा दिएको उत्कृष्ट फ्रि–किक गोलको आधारमा लिभरपुलले आर्सनललाई १–० ले पराजित गर्यो।
आर्सनलका मुख्य खेलाडी बुकायो साका चोटका कारण अनुपस्थित रहे भने कप्तान मार्टिन ओडेगार्ड बेन्चबाट मात्र मैदान प्रवेश गरे। खेलको सुरुवाती चरणमै विलियम सालिबा घाइते भएर बाहिरिएपछि आर्सनलको प्रदर्शन कमजोर बनेको थियो।
यस जितपछि लिभरपुल ९ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ भने पराजित आर्सनल तेस्रो स्थानमा झरेको छ।